जनता टाइम्स

२४ असार २०७७, बुधबार १२:१४

कसैको कुरा सुन्नु राम्रो, मान्ने नमान्ने अधिकार हाम्रो : मन्त्री भट्टराई


काठमाडौं, असार २४

पर्यटनमन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेपालको राजनीतिक विकासमा कसैले सुझाव दिनुलाई गलत सम्झन नहुने बताउनु भएको छ । उहाले सबैको कुरा सुन्न राम्रो भएको भन्दै त्यसलाई मान्ने वा नमान्ने भन्ने अधिकार चाँही आफुहरुको भएको स्पष्ट पार्नुभएको हो ।

नेपालको राजनीतिमा विदेशी हावी भएको भन्दै सवालहरु उठिरहेका बेला उहाले चार बुँदामा त्यसलाई सम्झाउन खोज्नु भएको छ । जुन यस्तो छ –

१. संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु ठिक ?
२. पहिलो र दोश्रो संबिधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरबिरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक ?
३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?
४. पार्टी\पार्टी र पार्टीभित्रको अन्तरबिरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबिचमा राम्रो एकता बनाउँदै नेपालको सम्म्रिद्धीप्रति सद्धभाब राख्नु ठिक ?
कुनै पनि बिदेशी राजनीतिक तथा कुटनीतिक गतिबिधिलाई यसै सन्दर्भबाट हेरियो भने सहि हुन्छ ।
कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो !