जनता टाइम्स

२४ असार २०७७, बुधबार १६:२७

२४ घण्टामा २५५ जनामा कोरोना, संख्या पुग्यो १६४२३


काठमाडौं, असार २४

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेट प्रेस व्रिफिङमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । काठमाडौं उपत्यकामा २३ जनामा कोरोना पोजेटिभ देखिएको हो । उपत्यकामा देखिएका मध्ये काठमाडौंका १६ जना र ललितपुरका ७ जना रहेका छन् ।

देशभरका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णालीको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

क्वारिन्टेनमा २५ हजार ४० जना बसिरहेका छन् भने ८ हजार ६३६ जना संक्रमित देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार १९६ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।