जनता टाइम्स

२४ असार २०७७, बुधबार १८:२२

प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा घन्कियो नारा : भारतीय दलाल होसियार ! सरकार ढाल्न पाइँदैन


काठमाडौं, असार २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध पार्टीभित्रै घेरावन्दी भइरहेको बेला देशभर रहेका उहाँका समर्थकहरुले सांकेतिक रुपमा सडकमा उत्रिएर सरकार ढाल्ने खेल असफल पार्ने अठोट गरेका छन ।

प्रधानमन्त्री ओलीलाई समथन गर्दै स्वतन्त्र युवा, बिद्यार्थी तथा आम नागरिकले आज देशभर सरकार ढाल्न पाईदैन भन्ने नारा घन्काएका हुन । आज दिउसो राजधानी काठमाडौं उपत्यकामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन । राजधानीको कोटेश्वर, चावहिल, गंगबु, कलंकी, असन (इन्द्र चोक) र लगनखेलमा उनीहरुले प्रदर्शन गरेका हुन ।

‘देशलाई अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैन भन्ने प्ले कार्ड बोकेर प्रधानमन्त्री ओलीका समर्थकहरु सडकमा उत्रिएका हुन । उनीहरुले ‘आजलाई होइन भोलिलाई, स्थिर सरकार ओलीलाई’, ‘सरकारविरुद्धको संगिनी सुई बन्द गर’ र विधिलाई बार्गेनिङ भन्दै प्ले कार्ड बोकेका थिए । प्रदर्शनकारी ‘ओलीको राजीनामा भारतको लागि कि ? नेपालको लागि ?’ भन्दै प्ले कार्डमै कडा प्रश्नसमेत गरेका छन ।

नेकपाकै नेताहरुले पार्टी एकताको सहमति र बिधानबिपरित प्रधानमन्त्री तथा ओलीबिरुद्ध घेरावन्दी गरेपछि देशभर चर्काे बिरोध भइरहेको छ । आम नागरिकले ओलीलाई काम गर्न दिन र भारतको मतियार नबन्न भन्दै नेकपाकै नेताहरुलाई सचेतसमेत गराईरहेका छन ।