सिन्धुपाल्चोक, असार २५ । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ , बाढीले बगाउँदा एक दर्जनभन्दा धेरै मानिस वेपत्ता भएका छन् ।
बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा गएराती बाढीले घर बगाएको हो । सो स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् । स्थानीयबासी अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। उहाँका अनुसार गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो ।
मेरो इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको छ, घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु, प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।
प्रेस संगठन नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका पत्रकार दिनेश थापाले दिनुभएको जानकारी अनुसार बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको छ । केहीको शव समेत फेला परेको र ड्याम साइटवाट माथि जान सक्ने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस्