काठमाडौं, असार २५
सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाउँदा एक दर्जनभन्दा धेरै मानिस वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बुधबारराती बाढीले घर बगाएको हो । सो स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् ।
घाइतेहरुको छिटोभन्दा छिटो उपचार र उद्धारमा खटिनु भएका नेकपा केन्द्रीय सदस्य एवं युवा नेता माधव सापकोटा (सुबोध) सहित राजधानी काठमाडौंबाट गएको टोलि हेलिकप्टर प्रतिकुल मौसमको कारण काभ्रे स्थित मंगलटारस्थित बारीमा आकस्मिक अवतरण भएको छ ।
मौसम अनुकूल नहुँदा उद्धारमा समस्या भएको हो । जम्बुका स्थानीयबासी अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। उहाँका अनुसार गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो ।
यसअघि आजै विहान क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर पनि धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ । खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्