जनता टाइम्स

२५ असार २०७७, बिहीबार १२:३३

भोटेकोशी बाढी : हेलिकोप्टरबाट उद्धारकार्य शुरु, सेनाको टोली घटनास्थलमा (बेपत्ता हुनेको नामावली)


काठमाडौं, असार २५

सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीमा परेकाको उद्धारकार्य शुरु भएको छ । छिटोभन्दा छिटो उपचार र उद्धारमा खटिनु भएका नेकपा केन्द्रीय सदस्य एवं युवा नेता माधव सापकोटा (सुबोध) सहित राजधानी काठमाडौंबाट हेलिकप्टरमा गएको टोलि प्रतिकुल मौसमलाई चिर्दै बाढी स्थलमा पुगेको हो ।

काभ्रे स्थित मंगलटारस्थित बारीमा आकस्मिक अवतरण भएको हेलिकोप्टर केहीबेर अगाडी जम्बुमा अवतरण भएको हो । कैलाश एयरको हेलिकोप्टर लिएर पुगेको सो टोली केही वेर अगाडी अवतरण भएको छ ।

बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउँदा १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । यस्तै हिजो राति नै परेको वर्षाले भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ भने चार जना बेपत्ता भएका छन् ।

यसैबीच, पहिरोमा बेपत्ताको खोजी र उद्धारमा नेपाली सेनाको टोली परिचालन भएको छ । नेपाली सेनाका अनुसार विभिन्न सुरक्षा बेस क्याम्पबाट ४० जनाको टोली त्यहाँ उद्धारमा खटिएको छ । सो टोलीले सुरक्षाका अन्य निकायसँग मिलेर बेपत्ता मानिसहरूको खोजी कार्य र उद्धारको काममा गर्नेछ । साथै टोलीले क्षतिको विवरण संकलनको कामसमेत गरिरहेको छ ।

बेपत्ता हुनेको नामावली

भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीका

१. ९ वर्षका पासाङनोर्वु तामाङ
२. २७ वर्षकी मञ्जु तामाङ
३. छ वर्षकी पायल तामाङ र नाम नखुलेका १० दिनका नाबालक

बाह्रबिसे नगरपालिका – ५, जम्बु

१. भिमबहादुर वाइबा
२. चिनमाया वाइबा
३. लिलामाया वाइबा
४. पासाङदोर्जे वाइबा
५. निमाडोल्मा वाइबा
६. लक्ष्मण वाइबा
७. सुनमाला वाइबा
८. जनकबहादुर थिङ
९. सविना तामाङ
१०. आकाश तामाङ
११. हिमेश शर्मा (मध्यभोटेकोशी आयोजनाका कर्मचारी)
१२. आकाश केसी (जाइका परियोजनाका इन्जिनियर)
१३. तोकबहादुर तामाङ
१४. सलिनी तामाङ
१५. सुरेश तामाङ
१६. युक्तबहादुर तामाङ

स्रोत : जिल्ला प्रहरी कार्यालय