जनता टाइम्स

२५ असार २०७७, बिहीबार १३:४६

पहिल्यै प्रकाशित समाचार जस्ताको त्यस्तै पुनः प्रकाशन, गरिबी निवारण कोषको गम्भिर ध्यानाकर्षण


काठमाडौं, असार २५

गरिबी निवारण कोषले विभिन्न समाचार माध्यममा आएका भ्रमित समाचारको पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।कोषले आज एक विज्ञप्ति जारी गर्दै समाचारमा आएजस्तो कोषको कुनै पनि सामान अपचलन नभएको भन्दै तथ्यहीन र कपोकल्पित समाचार प्रशारण गरेकोप्रति ध्यान आकृष्ट भएको बताएको छ ।

कोषको वर्तमान नेतृत्व आउनुपूर्व प्रकाशित समाचार जस्ताको त्यस्तै पुनः प्रकाशन गरेको भन्दै आश्चर्य समेत व्यक्त गरेको छ । कोषले आफूहरुको गतिविधि, उपलब्धि र खासगरी रचनात्मक आलोचना समेटेर समाचार बनाउन चाहने सञ्चारकर्मीलाई स्वागत र आवश्यक सहयोग समेत गर्ने जनाएको छ ।