जनता टाइम्स

२६ असार २०७७, शुक्रबार ०८:४३

मौसम खवर : सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने, सतर्क रहन अपिल


काठमाडौं, असार २६ । मनसुनी न्युन चापीय रेखा हाल नेपालको तराई भूभाग नजिक रहेको भन्दै देशभर बर्षा र बाढी पहिरोको संभावना औल्याइएको छ।

जल तथा मौसम बिज्ञान बिभागका अनुसार मनसुनी न्युन चापीय रेखाका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विमागले जनाएको छ ।