पोखरा, असार २६
लगातारको वर्षाले सेती नदी उर्लिएर बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा पसेको छ ।सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि अहिले १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।
त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । उहाँले केही चौपायालाई बगाएको र हाल आफूहरुले क्षतिको विवरण संकलन गर्दै गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्