Single Top Ad

 

खेलकुदवागमतीसमाचारसमाज

राखेपको सदस्यसचिव छान्न प्रक्रिया सुरु, तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं, असार २६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नयाँ सदस्यसचिव नियुक्ति सिफारिस समितिले पूर्णता पाएको छ । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सदस्यसचिव नियुक्ति सिफारिस समितिले पूर्णता पाएको हो । मन्त्रालयले शुक्रबार सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिमा दुईजना पदाधिकारी थप्दै पूर्णता दिएको हो ।

सदस्यसचिव सिफारिस समितिमा संयोजक थपलियासँगै खेलकुदमन्त्री जगतबाहदुर विश्वकर्माले रिम रानाभाट र इन्दिरा निरौलालाई थप गर्नुभएको हो । समितिमा थपिनुभएका रानाभाट यसै वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अवकाश प्राप्त कर्मचारी हुन् । यसैगरी निरौला भने परिषद्को पूर्वबोर्ड सदस्य रहनुभएको थियो ।

तीन सदस्यीय समितिले पूर्णता पाएपछि आफ्नो कार्यविधि आफैं बनाएर नयाँ सदस्यसचिवको नाम सिफारिस गर्नेछ । समितिले खुला आह्वानबाट आएका दर्खास्तहरूमध्ये उत्कृष्ट तीनजना उम्मेदवारहरूको नाम सदस्यसचिवका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ । सिफारिस गर्ने नामावलीमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने नियम रहेको छ । मन्त्रालयले तिनमध्ये एकजनालाई ४ वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्नेछ ।

Comment here