जनता टाइम्स

२६ असार २०७७, शुक्रबार २०:१८

प्रधानमन्त्री ओलीले अहिले देशबासीका नाममा सम्बोधन गर्दै


काठमाडौं, असार २६

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । अहिले नौ बजे उहाले नेपाल टेलिभिजनबाट सम्बोधन गर्न लाग्नु भएको उहाका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

पछिल्लो समय बाढी पहिरोले मुलुकका विभिन्न स्थानमा जनधनको क्षति पुगेकाले त्यसै सन्दर्भमा उहाले सम्बोधन गर्न लागिएको बुझिएको छ । यद्यपी सम्बोधनका विषयमा विषयमा आधिकारीक रुपमा केही पनि बताइएको छैन ।