सङ्खुवासभा, असार २८ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १, सिसुवाखोलामा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन ।
अविरल वर्षापछि गएराति गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी वर्षा भइरहेको छ ।
साथै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो गएको स्थान निकै दुर्गम भएको तथा घटनास्थल पुग्न बाटोमा खोलाहरूमा बाढी आएकाले मुस्किल भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्