जनता टाइम्स

३० असार २०७७, मंगलवार ०६:३४

प्रधानमन्त्री ओलीको बिषयमा बुझ्नैपर्ने यी तथ्यहरु


प्रधानमन्त्री ओलीले जे बोल्नुहुन्छ, त्यसलाइ प्रतिबाद गर्नु र गलत भन्नु भन्दा पहिले स्वघोषित, प्रमाणपत्रधारी बिद्वान र पत्रकारीता बाहेक सबै बिषयमा बिज्ञता भएका पत्रकारहरुले आफ्नो दयनीय ज्ञान तिखारौ । ओली बैज्ञानिक तथ्य, ऐतिहासिकक प्रमाणको अध्ययनबिना बोल्नु हुन्न । कस्मेटीक बिद्वानहरुको मगजमा बत्ति बलोस 

गुरु भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभो कोरोना लाइभ जीव हैन, बाहिरी सतहमा बोसो भएको जीन स्तरको तत्व हो । तातो पानि खाँदा राम्रो हुन्छ भन्दा प्रमको जिब्रो थुत्न खोज्ने । प्रमले जे भन्नु भो, आज संसार त्यही भनिरहेको छ । नेपाली पत्रकारलाई पचेन ।

प्रमले बेसार अदुवा पानि खाँउ, इम्युनिटी बढ्छ, यसले कोरोनासंग लड्न सजिलो हुन्छ भन्दा डा. केपी ओली भनेर उडाउने हरुले आज थाहा पाए होलान, यसको अनुसन्धानमा लागेका बैज्ञानिकहरुले त्यही भनिरहेका छन । आजसम्म जति कोरोनाका बिरामी ठीक भए ती सबैले आफ्नो इम्युन्टी पावरले नै ठीक भएका हुन । औषधि नै नभएको कोरोना रोग लागेका ९५ प्रतिशत बढी कसरी निको भए ? इम्युनिटी पावरले हैन ? यसमा कुनै कन्फ्युजन छ ? अमेरिका र युरोपमा बेसार र अदुवाको बिक्री दोब्बर भएको छ । मिठो लाग्न थालेर पक्कै हैन । बेसार किटाणु मार्ने र इम्युन्टी बढाउने औषधिजन्य कुरा हो भन्ने कुरा हाम्रै पूर्वीय सभ्यताले पत्ता लगाएको हो । आज संसारले प्रयोग गर्छन । अदुवाको गुण भन्नै परेन ।

प्रमले भन्नु भो भारतबाट आउने कोरोना भाइरस चीनको युहानबाट आएको कोरोना भन्दा फरक रहेछ । नेपाली र भारतीय मिडियाले प्रमलाइ खुब उडाए । केही दिन पछि मात्रै भारतीय संचार माध्ययममा समाचार आयो, भारतीय बैज्ञानिकहरुको अध्ययनले भारतमा देखिएको कोरोना भाइरस चीनको युहानमा देखिएको भन्दा फरक हो भनेर पुष्टि गर्यो । यो कुरा डब्लुएचओले पनि पुष्टि गरिसकेको छ ।

गौतम बुद्ध नेपालमा जन्मिएका हुन, गयामा ध्यान गरेका हुन । २५ सय बर्ष अघि नेपाल भारत भन्ने बोर्डर नै थिएन । पछि बुद्ध जन्मिएको ठाउँ लुम्बिनी नेपालमा पर्यो, ध्यान गरेको ठाउँ गया भारतमा पर्यो । अब नेपालले बुद्ध नेपालमा जन्मिएका हुन भन्ने नै भो, भारतले बुद्ध हाम्रा हुन भन्छ । समस्या के ?

अयोध्या राज्यको भूमि आजको नेपाल (बिरगंज पश्चिमको भुभाग, आज ठोरी) भारत दुबै भूमिमा पर्छ । दशरथ अयोध्याका राजा थिए, राम युवराज र पछि त्यही राज्यको राजा । अयोध्यामा बाबरी मस्जिद १५ औं सताब्दीदेखि थियो, १९९२ मा त्यहा राम मन्दिर थियो भनेर धार्मिक युद्ध भो र बाबरी मस्जीज भत्काइयो, मुस्लीमहरु बाबरी मस्जीद पहिलेदेखि थियो, हिन्दुहरुले षडयन्त्र गरेर भत्काए भनेर आज पनि भारतमा ठुलो बिबाद छ । खासमा अयोध्या राज्य मुख्य रुपमा नेपाल र सहायक रुपमा भारतमा थियो, राजधानी कहा थियो त्यो फरक पाटो भो। आधुनिक अयोध्यामा राम मन्दीरको साटो बाबरी मस्जीद किन थियो ? इतिहासमा नेपालको चीतवन माढीलाई अयोध्यापुर भनिन्थ्यो । अनि राम नेपालका हुन भन्दा प्रधानमन्त्री ओलीको जिब्रो थुत्न खोज्नेहरुको ज्ञानको धरातल के हो ?

प्रधानमन्त्री ओलीले जे बोल्नुहुन्छ, त्यसलाइ प्रतिबाद गर्नु र गलत भन्नु भन्दा पहिले स्वघोषित, प्रमाणपत्रधारी बिद्वान र पत्रकारीता बाहेक सबै बिषयमा बिज्ञता भएका पत्रकारहरुले आफ्नो दयनीय ज्ञान तिखारौ । ओली बैज्ञानिक तथ्य, ऐतिहासिकक प्रमाणको अध्ययनबिना बोल्नु हुन्न । कस्मेटीक बिद्वानहरुको मगजमा बत्ति बलोस ।