जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार १२:४७

साउने संक्रान्तिमा नेपाल टेलिकमले ल्यायो अर्काे अफर, यस्तो छ ग्राहकलाई फाइदा


काठमाडौं, साउन १

नेपाल टेलिकमले समर अफर ल्याएको छ । टेलिकमले यसअघि उपलब्ध ‘स्प्रिङ अफर’ अन्तर्गतका प्याकेजलाई परिमार्जन गरी ‘समर अफर’ उपलब्ध गराइएको जनाएको छ । टेलिकमले साउन १ देखि ९० दिनसम्म उपलब्ध गराउने गरी ‘समर अफर’ ल्याएको हो । ‘समर अफर’ अनसार कम्पनीले ‘युट्युब स्ट्रिमिङ डाटा प्याक’ अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराउनेछ।

‘सोसल मिडिया प्याक’ अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २ सय एमबी डाटा उपलब्ध हुनेछ । नाइट भ्वाइस प्याक यसअघि राति १० बजेदेखि बिहान ६ बजेसम्म उपलब्ध भएकोमा अब ७ बजेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । ‘नाइट टाइम भ्वाइस प्याक’ १० रुपैयाँमा ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध राखिएको छ भने १५ रुपैयाँमा ३ रातका लागि २ सय मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३ सय ५० मिनेट भ्वाइस प्याक उपलब्ध हुने टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

टेलिकमले ‘अल टाइम डाटा प्याक’ अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने गरी प्याक परिमार्जन पनि गरेको छ । । यसमा ६० रुपैयाँमा ३ दिनका लागि ४ सय एमबी, सय रुपैयाँमा ७ दिनका लागि ८ सय एमबी, २ सय ८० रुपैयाँमा २८ दिनका लागि २ दशमलव ५ जीबी, ५ सय रुपैयाँमा २८ दिनका लागि ७ जीबी र ८ सय रुपैयाँमा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

टेलिकमका अनुसार ‘डे डाटा प्याक’ अन्तर्गत अब १० रुपैयाँमा ८० एमबी र १८ रुपैयाँमा २ सय ५० एमबी डाटा प्याक प्राप्त गर्न सकिनेछ । वान नाइट ‘अनलिमिटेड डाटा’ अन्तर्गत राति ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन सकिने प्याकेज २० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘डे भ्वाइस प्याक’ अन्तर्गत १२ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १ सय २० मिनेट कल गर्न सकिन्छ ।

यो अफरमा प्रदान गरिएको १ सय २० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने ‘अनलिमिटेड कल अफर’ ले निरन्तरता पाएको छ । ‘लार्ज डाटा प्याक’ अन्तर्गत अब १ हजार ६ सय रुपैयाँमा ६० दिनका लागि ३० जीबी प्याक र ३ हजार रुपैयाँमा १ सय २० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ ।

फोरजीरएलटीई अफर अन्तर्गत १५ रुपैयाँमा १ दिनका लागि जम्मा १ सय एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।