जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार ०६:४४

नेकपाको स्थायी कमिटी बैठक बस्दै, यस्तो छ आजको एजेण्डा


काठमाडौं, साउन २ । सहमतिका लागि पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच दैनिकजसो भएको बार्ता सहमतिमा पुग्न नसकेपछि आज स्थायी कमिटी बैठक बस्न लागेको हो ।

सीमा समस्या समाधानको बिषयमा बैठकमा छलफल भइरहको बेला एक्कासी एजेण्डामै नभएको बिषयलाई प्रवेश गराएर प्रधानमन्त्रीबाट राजीनामा मागेपछि नेकपाभित्र बिवाद तीब्र बनेको हो । बिवाद समाधानका लागि दुई अध्यक्षबीच पटक पटक छलफल भएपनि बिहीवार भएको छलफलमा प्रचण्डले पुरानै अडान दोहोर्याउँदै प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने बताएपछि सवै प्रयाश बिफल बनेको छ । बिवाद समाधानबारे सहमति नभए पनि बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीचको बार्तामा स्थायी कमिटी बैठक अव स्थगित नगर्ने सहमति भएको हो । नेकपाको स्थायी कमिटी बैठक असार १६ गते यता सहमतिका लागि भन्दै स्थगित हुँदै आएको छ । आजको बैठक भने स्थगित नगर्ने सहमति भएको हो ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच आज पनि छलफल हुनेछ । यद्यपी खुमलटारमा बिहीवार भएको भेलाले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन नसके पार्टी नै बिभाजनको तहमा जाने गरी निर्णय लिएपछि दुई अध्यक्षबीचको बार्तासमेत प्रभावित बन्ने देखिएको छ । बिहीवार भएको खुमलटारको गुट भेलाले जसरी पनि प्रधानमन्त्री पद छाडनुपर्ने निश्कर्षसहित एकता गर्दा भउ.एका सहमतिलाई भत्काएर जाने निचोड निकालिएको छ । स्थायी कमिटीको आजको बैठकमा बोल्न बाँकी रहेका नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।