जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार १५:३४

स्थायी समिति रोकेर नेकपाले बोलायो सचिवालयको बैठक : यस्तो छ प्रमुख कारण


काठमाडौं, साउन २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक स्थगित गरी सचिवालयको बैठक बोलाएको छ । आजका लागि तय गरिएको स्थायी कमिटी बैठक आइतवारसम्म स्थगित गरी भोलि शनिबार सचिवालय बैठक बोलाइएको हो ।

गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक एउटा एजेण्डामा सवै सदस्यले धारणा राखी नसक्दै प्रधानमन्त्रीको राजीनामाको एजेण्डा घुसाएपछि पटक पटक स्थगित हुँदै आएको छ । सहमति जुटन नसक्दा आज पनि स्थायी कमिटी बैठक स्थगित भएको हो । महासचिव बिष्णु पा्रडेलले सहमतिका लागि समय लिन थपदुई दिन बैठक पर सारिएको जानकारी दिनुभएको छ । आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको बार्तापछि बैठक दुई दिन स्थगित गरिएको हो । अध्यक्षद्वयले स्थायी समिति स्थगित गरी भोलिका लागि सचिवालयको बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको थियो । त्यस्तै शुक्रबारको स्थायी समिति बैठक पनि आइतबारसम्मलाई स्थगित गर्न दुवै नेता सहमत भएका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार तीन ३ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी प्राप्त भएपनि एजेण्डाका बारेमा केही जानकारी नदिइएको बताउनु भएको छ ।

नेकपाभित्र एजेण्डा भन्दा बाहिर गएर छलफल अघि बढाउँदै अराजकता मच्चाएपछि स्थायी कमिटी बैठक प्रभावित बन्दै आएकोले सचिवालयले यस बिषयमा ठोश निर्णय लिने अपेक्षा गरिएको छ । यद्यपी नेकपाभित्रको बिवाद प्रधानमन्त्रीको राजीनामा माग्ने समुह पछि नहटदासम्म सहमति जुटने संभावना छैन । नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीबिरुद्ध एकसूत्रीय अभियान बनाएर षडयन्त्रमा भारत लागिरहेकै बेला नेकपाभित्रै बिना एजेण्डा प्रधानमन्त्रीको राजीनामा हुनुपर्ने तर्क आएपछि बिवाद बढदै गएको हो ।