काठमाडौं, साउन ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड पार्टी एकता जोगाउनका लागि आगामी मंसिरमै एकता महाधिवेशन गर्ने निश्कर्षमा पुग्नुभएको छ । पार्टीभित्र सचिवालयदेखि केन्द्रीय कमिटीसम्म पार्टी एकता गर्दा भएको सहमतिबिरुद्ध ध्रुविकरण हुन थालेपछि एकताका नायक रहेका दुवै अध्यक्ष पार्टीभित्रको समस्यालाई स्थायी समाधानका लागि महाधिवेशनमा जाने निश्कर्षमा पुगनुभएको हो ।
यही निश्कर्षका आधारमा शनिवारको सचिवालय बैठकमा दुवै अध्यक्षले महाधिवेशनबाटै निकास खोज्ने गरी मंसिरका लागि मिति तोक्नुभएको हो । दुवै अध्यक्ष अव एकअर्काबिरुद्ध प्रयोग गर्न चाहने तत्वको घेरावन्दीमा होइन, महाधिवेशनबाट स्थायी समाधान दिने निश्कर्षमा पुगेपछि सचिवालय बैठकमा प्रस्ताव पेश गर्नुभएको हो, नेकपा सचिवालयका एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव गर्नुभयो भने अर्का अध्यक्ष प्रचण्डले समर्थन गर्दै पाँच बर्ष नै ओली नै प्रधानमन्त्री रहेर चुनावमा गरिएको बाचाअनुसार स्थिर सरकार दिनुपर्ने भन्दै आलोपालो सहमति छाडेको घोषणा गर्नुभयो ।
यस्तो छ बैठकमा अध्यक्ष ओली र प्रचण्डको भनाई जस्ताको तस्तै
मंसिरमै महाधिवशेन गरौं, त्यहींबाट सबै समस्याको समाधान खोजौं : प्रधानमन्त्री ओली
अहिले मुलुकको परिस्थिति जटिल छ, थुप्रै कामहरु हामीले मिलेर गर्नुछ, जनताको आशा र भरोशालाई पूरा गर्नुछ । तर हामी आफै अलमलमा परेर रुमल्लिएका छौं । अव त्यसरी बस्नु बान्छनीय हुँदैन । पार्टी एकता गरेर जाँदा पनि बेला–बेला पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परे। एकता प्रक्रियामा पनि समस्या पैदा भए। त्यो समस्या पैदा हुनुमा मेरा आफना सीमाहरु पनि रहे होलान। कमजोरी पनि भए होलान। अब त्यसरी हुँदैन। कमी कमजोरीमा आत्मआलोचना गरौं। पार्टी र सरकार दुवैलाई प्रभावकारी वनाएर जाऔं। देश र जनताको आवश्यकता र चाहना पूरा गर्नतिर लागौं । स्थायी कमिटी बैठक एजेण्डामा प्रवेश नै नगरी भडकिएको छ। अब भड्काउन दिनु हुँदैन। सही ट्याकमा ल्याउनु पर्छ । पार्टीभित्र देखापरेको समस्यालाई अब छिटोभन्दा छिटो समाधानका लागि महाधिवशेन गरेर जानु नै उपयुक्त हुन्छ। म प्रस्ताव गर्छु, पार्टीको महाधिवशेन गरेर जाऔं। गत केन्द्रीय समिति बैठकबाटै हामीले चैतमा महाधिवशेन गर्ने कुरा गरेका थियौं, अब किन ढिलो गरिरहने ? छिटो गरेर जाऔं। मंसिरमै महाधिवशेन गरौं, त्यहींबाट सबै समस्याको समाधान खोजौं।
अव आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु, छिटो महाधिवशेन गरौं : प्रचण्ड
पार्टीभित्र निकै समस्या देखिए। यसले कता–कता पार्टी एकता नै भत्किने हो कि पार्टी एकताको रक्षा पनि नहुने हो कि भन्ने खालका समस्याहरु पनि देखिए। हाम्रोसामू यो एकता प्रक्रियालाई जोगाउनु पर्ने कार्यभार छ। पार्टीलाई ट्य्राकमा पनि लैजानु छ। आजको छलफलमा प्रधानमन्त्रीले अब महाधिवशेन छिटो गरेर जाऔं भन्नुभयो, ठिक छ, अव महाधिवशेनवाटै जाऔं, समस्याको हल त्यँहीबाट हुन्छ । यसवीचमा मैले मंसिर ४ को सहमति कार्यान्वयनमा नआएपछि पार्टी एकताका वेलाको जेठ २ को सहमतिको कुरा गरेको थिएँ। आलोपालो प्रधानमन्त्रीकै विषय उठाएको थिएँ। जुन सम्झौताले समस्या ल्यायो, त्यही शुरुको सहमति कार्यान्वयन गरौं भन्ने मेरो कुरा थियो। अव धेर भयो, हामी अल्झेर, विवाद गरेर वस्नु ठिक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवशेन गरौं भन्नुभयो। छिटो महाधिवशेन गरेरै जाऔं।
प्रतिक्रिया दिनुहोस्