काठमाडौं, साउन ७
कोभिड–१९ को महामारीले गर्दा सुनचाँदीको भाउ बढ्ने क्रम जारी रहेको छ । यो मुल्य बुधबार हालसम्मकै उच्च भएको छ । सुनको भाउ एकैदिन आज प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको हो । यस्तै चाँदी पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार कायम गरेको छ । मंगलबार तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा एक हजार तीन सयले नै बढेर ९३ हजार ५ सय ६० पुगेको छ ।
चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार तोलाको एक हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ९बिहीबार० ११ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्