जनता टाइम्स

१० श्रावण २०७७, शनिबार २२:२३

दुई पूर्वमन्त्रीसहित तीन नेता कांग्रेसबाट निश्काशित


काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निश्काशन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले जोशीसहित पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध गत निर्वाचनमा बागी उम्मेदवारी दिनुभएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ । यसैगरी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई चुनावमा हाउन भूमिका खेलेको आरोपमा पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरिएको छ ।

यस्तै नेपाली कांग्रेस डडेलधुराका कार्यालय सचिव विष्टलाई वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिको विज्ञप्तिमा जनाइएको छ । तीनै जनाबाट प्राप्त प्रष्टिकरण चित्तबुझ्दो नभएकाले निश्काशन गर्ने निर्णय गरिएको अनुशासन समितिले जनाएको छ ।