जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १६:२२

सोमबार १३९ संक्रमित थपिए, ६२६ जना डिस्चार्ज


काठमाडौं, साउन १२

पछिल्लो २४ घण्टामा १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३७ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासहित कूल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । मन्त्रालयले मुलुकभर सक्रिय संक्रमित ४ हजार ९ सय ५० जना रहेको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएको जानकारी पनि प्रवक्ता गौतमले दिनुभएको छ । योसहित कोरोना जित्नेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ ।