जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १६:५८

काठमाडौं र ललितपुरका तीन–तीन जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, साउन १२ । पछिल्लो २४ घण्टामा काठमाडौं र लिलितपुरमा तीन–तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार ललितपुरका ३ र काठमाडौंका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा र त्रिवि शिक्षण अस्पताल तथा स्टार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं र ललितपुरका ६ जनासहित देशभर १ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । संक्रमितमध्ये १३ हजार ७ सय ५४ जना कोरोना जितेर घर फर्किसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।