जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १३:५८

प्रचण्ड–नेपालले बोलाएको स्थायी कमिटीमा पुगेन कोरम, प्रधानमन्त्री भेट्न पुगे प्रचण्ड र झलनाथ (बैठकभित्रको फोटोसहित)


काठमाडौं, साउन १३

नेपाल कम्युनिष्ट पार्टीको विवादमा नयाँ नयाँ टिवस्ट आउन थालेको छ । विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्प दिदा पनि नमानेको इत्तर समुहले स्थायी कमिटी बैठकमा कोरम नै पु¥याउन सकेको छैन ।

स्थायी कमिटी सदस्यलाई कहिले प्रचण्ड त कहिले वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिगत रुपमा टेलिफोन गरेपनि साढे १ बजेसम्म १९ जना सदस्यमात्रै भेला भएका छन् । स्रोतले दिएको जानकारी अनुसार जसमध्ये दुई जना अमृत बोेहोरा र अर्का एक आमन्त्रित सदस्य छन् । अहिले पनि नेता नेपालले सदस्यहरुलाई बैठकमा आउन भनिरहनु भएको छ । सार्वजनिक भएको एक तस्विरमा पनि १६ जना मात्र देखिएका छन् ।

जसमा मञ्चमा वरिष्ठ नेता नेपालमात्र रहनु भएको छ । बैठकमा भिम रावल, अष्टलक्ष्मी शाक्य, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु फोटोमा देखिनु भएको छ । ४४ सदस्यीय स्थायी कमिटी बैठकमा यसअघि वरिष्ठ नेता झलनाथ खनालले २५ सदस्य सहभागी भएको दावी गर्नुभएको थियो ।

कोरम नै नपुगेपछि प्रचण्ड र वरिष्ठ नेता खनाल प्रधानमन्त्री ओलीसँग परामर्शमा जुट्नु भएको छ । दुईदिन देखी प्रधानमन्त्रीले पटक पटक छलफलका लागि बोलाउदा पनि प्रचण्ड भेट्न जानु भएको थिएन । बैठकमा सदस्य नै उपस्थित नभएपछि अहिले प्रचण्ड र नेपाल समुह तनावमा रहेको छ ।