जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १४:४३

कोरोनाबाट ६५ वर्षका वृद्धको मृत्यु, मृत्यु हुनेको संख्या ४९ पुग्यो


डडेल्धुरा, साउन १३

कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एकको मृत्यु भएको भएको छ । बझाङको बुङ्गल नगरपालिका–३ का ६५ वर्षका एक वृद्ध कोरोना संक्रमितको कारण मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै साउन ६ गते घर पठाइएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

तर घर गएपछि साउन ९ गतेदेखि स्वास्थ्यमा समस्या आएको र एक्कासी मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको थियो ।