जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १६:२७

२४ घण्टामा देशभर थपिए ३११ संक्रमित, जम्मा संख्या १९०६३, १२१ डिस्चार्ज


काठमाडौं, साउन १३

पछिल्लो २४ घण्टामा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका २८ वटा प्रयोगशालामा ५ हजार ३२ गरिएको परीक्षणमा ३११ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो । प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासहित कूल संक्रमितको संख्या १९ हजार ६३ जना पुगेका छन् ।

मन्त्रालयले मुलुकभर सक्रिय संक्रमित ५ हजार १२९ जना रहेको जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ । हालसम्म देशभर १५ हजार ३३१ क्वारेन्टाइनमा रहेका छन् ।