जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १४:५८

ह्याम्समा पीसीआर परीक्षण, १२ घण्टामै रिपोर्ट आउने


काठमाडौं, साउन १४

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले पीसिआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशुल्क परीक्षणका लागि स्विकृती दिएपछि अब ह्याम्सले पनि पीसिआर परीक्षण गर्ने भएको हो । अस्पतालको मूल भवनभन्दा अस्पताल परिसरमै रहेको छुट्टै भवनमा सुरक्षित रुपमा परीक्षण हुने गरिने छ ।

ह्याम्सका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले अस्पतालमा उपचारत बिरामी वैदेशिक रोजगारीमा जाने व्यक्ति, कुटनीतिक नियोगका कर्मचारी, अन्य अस्पतालका बिरामी समेतको पीसीआर परीक्षण गरिने र १२ घण्टामै रिपोर्ट आउने बताउनुभयो । नेपाल सरकारले तोकेकै शुल्क रु.५,५०० मा परीक्षण गरिने उहाँले जानकारी दिनुभयो।