जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १६:२५

देशभर २४ घण्टामा थपिए २१० संक्रमित, १४६ डिस्चार्ज, जम्मा संख्या १९२७३ पुग्यो


काठमाडौं, साउन १४

पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका २८ वटा प्रयोगशालामा ६ हजार ३७ गरिएको परीक्षणमा २१० जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासहित कूल संक्रमितको संख्या १९ हजार २७३ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा १४६ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको संख्या १४ हजार २१ पुगेको छ । हालसम्म देशभर १४ हजार ४७१ जना क्वारेन्टाइनमा रहेका छन् ।