जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १९:२७

ठाकुर–रामकुमारीहरुको कुरा सुनेपछि जंगिए बामदेव


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको गुटबन्दीका कारण गम्भीर संकट देखिएपछि पार्टी एकता जोगाउन लाग्नुभएका उपाध्यक्ष बामदेव गौतमलाई धम्क्याउन गएको नेकपाका केही युवा नेताहरु रातो पिरो हुँदै फर्कनुपरेको छ । एकताका लागि ६ बुँदे राखिएको सहमतिको प्रस्ताव फिर्ता लिएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको अभियानमा साथ दिन भन्दै युवा नेता ठाकुर गैरेको नेतृत्वमा आफ्नो निवास भैंसेपाटी आएको नेताहरुलाई ‘एकताबिरुद्ध लाग्ने ? भन्दै गौतमले हप्काएपछिको रातोपिरो भएर फर्कनु परेको हो ।

गौतम निकट स्रोतका अनुसार आफूहरु सधै बामदेवकै साथमा रहेको घोषणासहित एकता प्रस्ताव फिर्ता लिन भन्दै पुगेको समुहलाई कुरा सुनेपछि गौतमले एकता भाँडने कुरा बोकेर मकहाँ किन आको ? भन्दै गर्जिनुभएको थियो । मंगलवारको स्थायी कमिटी बैठक स्थगित भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल समुहले बोलाएको भेलामा गौतमले एकता बचाउनका लागि ६ बुँदे प्रस्ताव गर्नुभएको थियो । गौतमको सो प्रस्तावमा स्थायी कमिटीका आठ सदस्यबाहेक सवै समर्थनमा उभिएपछि नेकपाभित्र पार्टी बिभाजनको खेल रोकिएको छ । पार्टी जोगाउने सोही प्रस्तव फिर्ता लिन भन्दै बुधवार बिहानै युवा नेताहरु ठाकुर गैरे, डा.दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, रविन कोइराला, जीवनराम श्रेष्ठ र सुरेन्द्र मानन्धरसहितको समुह गौतम निवास भैंसेपाटी पुगेको थियो ।

गौतम निवासमा भेट हुनसाथ सो समुहले निकै आक्रोश पोखे, ‘लास्टमा आएर फेरि तिनै मान्छे बोकेर हिँड्ने ? तपाईंलाई लाज लाग्दैन ?’ सुरुमै आएको आपत्तिजनक शब्दले बामदेव झस्किनुभयो । गौतमले सान्त भएर जवाफ दिनुभयो, ‘मलाई माधव बोक्नुछैन, प्रचण्ड पनि बोक्नु छैन, केपी ओली पनि बोक्नु परेको होइन । तर पार्टी त बोक्नै पर्यो नि ! सबैले एक–एकवटा नेता बोक्दै हिँडेपछि पार्टी कसरी जोगिन्छ ? आन्दोलन कसरी जोगिन्छ ?’ उपाध्यक्ष गौतमले पार्टी नै सवैथोक हो भन्दै तथ्य राखिरहँदा सो समुह सुन्ने होइन, प्रतिवादमा उत्रिएर आदेश दिन थाल्यो, ‘तपाईं तुरुन्तै यो कदमबाट फिर्ता हुनुस । यो हुँदै भएन ।’

युवा नेताहरुको योजना सुनेर बामदेव पुरानै शैलीमा फर्कनुभयो, अनि सवक सिकाएर पठाउनु भयो । ‘मेरो प्रस्ताव प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष बनाऔँ भन्ने छ । त्यो कुरा केपीलाई मन परेन । अब के म फेरि यो कुरा केपीलाई मन परेन भनेर सच्याउँदै हिँडौँ ? हुँदैन, मबाट अव त्यस्तो कदापि हुँदैन ।’ गौतमको यो कुरा सेनेपछि पनि फिर्ता लिनोस कि लिनोस भन्न थाले युवा भनिएका नेताहरु । त्यसपछि गौतमले जंगिदै भन्नुभयो, ‘पहिलो नम्बरको बुँदा केपी ओलीको लागि हो, अरु पाँच बुँदा त यतैको लागि हो नि ! नेताहरुको व्यवस्थापन भन्दा बढी पार्टीको व्यवस्थापन, यो आन्दोलनको व्यवस्थापन मुख्य कुरा हो । तपाईंहरु पनि यसरी नांगै भएर गुटबन्दी गरेर नहिँड्नुस, अव जानुस ।’

उपाध्यक्ष गौतमले पार्टी एकताको पक्षमा आफूलाई उभ्याएपछि पछिल्लो समय झलनाथ खनाल समुहमा लागेका सो समुहले आफूहरु एमाले बिभाजनमा गौतमलाई साथ दिएको भन्दै इमोशनल ब्ल्याकमेलिङ गर्दै सहमति भाँडन भैसेपार्टी पुगको थियो । माले र एमालेबीच पार्टी एकतापछि गौतम ओलीतिर लाग्दा सो समुह माधव नेपालतिर लागेको थियो । पछिल्लो समय खनालले बनाएको गुटमा सो समुह रहेको छ । निकै संझाउँदा पनि सो समुहले बामदेवमाथि लगातार फिर्ता लिन भनिरह्यो ।

पहिलो नम्बरको बुँदा केपी ओलीको लागि हो, अरु पाँच बुँदा त यतैको लागि हो नि ! नेताहरुको व्यवस्थापन भन्दा बढी पार्टीको व्यवस्थापन, यो आन्दोलनको व्यवस्थापन मुख्य कुरा हो । तपाईंहरु पनि यसरी नांगै भएर गुटबन्दी गरेर नहिँड्नुस, अव जानुस

त्यसपछि उहाँ निकै जंगिनुभयो । लु मेरो कुरा प्रष्ट सुन्नु अनि निक्लिहाल्नु भन्दै बामदेवले आदेश दिनुभयो, ‘भो–भो अव थप कुरा नगरौं, सवै मैले बुझें, केन्द्रीय कमिटीमा झण्डै दुई तिहाइ तपाइँहरुसँगै छ, तपाईंहरुलाई जे मन लाग्छ, गर्नाेस, मलाई यही लाग्यो, यही नै गरें ।’ सो समुहको नियत बुझेरै वामदेवले उनीहरुका कुरामा सहमति जनाउनुभएन, उल्टै हप्काएर सवक सिकाउँदै पठाउनु ६ बुँदे प्रस्तावमा अडिग रहेको बटमलाइन सुनाउनु भयो ।

उपाध्यक्ष गौतमले एकता भाँडने भन्दै हप्काएर पठाउनु भएपछि सो समुह अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेर पहिला नै संकलन गरेको हस्ताक्षर देखाएर दिउसो पार्टी कार्यालयमा केन्द्रीय कमिटी बैठक माग गर्दै निवेदन बुझाउन पुगेको थियो ।