जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार २२:०३

वीरगञ्जका मेयरलाई कोरोना संक्रमण, काठमाडौंमा उपचार


काठमाडौं, साउन १५

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सरावगीले बिहीवार साँझ सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफै संक्रमित हुन पुगेको भन्दै प्रदेश र संघीय सरकारलाई महामारी नियन्त्रणमा ठोस योजना ल्याउन आग्रह गर्नुभएको छ ।

गत सोमबार काठमाडौं आउनु भएका उहाको विहिवार स्वाब परीक्षण गरिएको थियो । मेयर सरावगीको स्वाब भने बुधबार नै संकलन गरिएको थियो । ‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैलै छिट्टै नै कोरोनालाई जित्ने छु’ बिहीबार बेलुका सरावगीले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ ।

काठमाडौंस्थित उहाको अपार्टमेन्टमा नै उपचारको व्यवस्था मिलाइएको छ ।