जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार ११:३१

कोरोना संक्रमणबाट बच्न कठोर निर्णय : मास्क नलगाए एक महिना जेल


विराटनगर, साउन १६

कोरोना संक्रमण नियन्त्रणका लागि मोरङ जिल्लाले मास्क नलगाई हिड्नेलाई कैद सजाय गर्ने भएको छ । मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गर्ने भएको हो ।

जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजायको बाध्यकारी निर्णय गर्नु परेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो ।

नियम उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने निर्णय कोभिड–१९ उच्चस्तरीय समितिको बैठकबाट भएको उहाको भनाइ छ । यस्ता कामलाई बाधा गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना गरिने जानकारी खड्काले दिनुभयो ।