जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १५:३८

कोरोना संक्रमित बढेपछि विराटनगरमा दुई साता लकडाउन


विराटनगर, साउन १६

मोरङको विराटनगर महानगरपालिकाले शनिवारदेखी दुई साताका लागि लकडाउन घोषणा गरेको छ । स्थानीय तहलाई दिइएको अधिकार प्रयोग गर्दै महानगरले शनिवारदेखी दुई साताका लागि लकडाउन घोषणा गरेको हो ।

कोशी अस्पतालका थप तीनजना चिकित्सकसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि लकडाउन गरिएको महानगरले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले कोरोनाको संक्रमण दर बढ्दै गएकाले फेरि लकडाउन गर्न बाध्‍य हुनु परेको बताउनु भयो । उहाले भन्नुभयो, ‘हामी महानगरलाई सुरक्षित राख्‍नको लागि पुनः लकडाउन गर्दै सबैलाई घरमै सुरक्षित बस्न आग्रह गर्दछौ ।’

यस्तै जिल्ला कोभिड क्राइसिस म्‍यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले समेत विराटनगर महानगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको छ भने शंका लागेमा परीक्षण गरान समेत अनुरोध गरेको छ । यसअघि नै मास्क नलगाए एक महिना कैद गर्ने निर्णय गरिसकेको छ ।