जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १६:२१

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यू, परिवारका सदस्यमा पनि कोरोना संक्रमण


ललितपुर, साउन १६ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितका आज मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालका अनुसार मृतक महिला थसिखेलकी स्थायी बासिन्दा हुन्। यही साता कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

मृतक महिला केही समयअघि वीरगन्जबाट काठमाडौँ आउनुभएको थियो । तराईबाट आए पनि क्वारेन्टाइनमा नबस्दा मृत्यु भएको हो । ती महिलाको परिवारका अन्य पाँच जनामासमेत कोरोना संक्रमण पुष्टि भएको छ। मृतक महिला उच्च रक्तचापकी बिरामीसमेत रहेको चिकित्सकले जनाएका छन । ललितपुर जिल्लामा मात्र १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ५२ पुगेको छ। आज बिहान वीरगन्जमा एक र ललितपुरको एक गरी मृत्यु अहिलेसम्म मृत्यु हुनेको संख्या ५४ पुगेको छ।