काठमाडौं, साउन १६
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रहरी हेडक्वाटरपछि महाशाखाका दुई ट्राफिक प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो ।
उनीहरुमा शुक्रबार सङ्क्रमण पुष्टि भएको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिनुभयो । सङ्क्रमित ट्राफिक प्रहरीको बारेमा अरु कुनै जानकारी भने दिइएको छैन । प्रवक्ता गौतमले भन्नुभयो, ‘महाशाखामा कार्यरत दुई जनामा सङ्क्रमण देखिएको छ, नेपाल सरकारले तोकेकै अस्पतालमा उपचार भइरहेको छ, अहिलेलाई यति मात्रै भनौँ ।’
प्रतिक्रिया दिनुहोस्