जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार ११:३५

सभामुख सापकोटाको निवासमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि


काठमाडौं, साउन १७

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ति कर्मचारीलाई शुक्रबार कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

उनलाई कोरोना पुष्टि भएसँगै सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन गरिएको छ । उनिहरुको रिपोर्ट शनिवार साँझसम्म आउने बताइएको छ ।

शुक्रबार काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसमध्ये रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई ट्राफिक प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै महाशाखा सिल गरिएको छ ।