जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार १६:३२

२४ घण्टामा थपिए ३१५ नयाँ कोरोना संक्रमित, कुल संक्रमित संख्या २० हजार ९९ पुग्यो


काठमाडौं, साउन १७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाँका अनुसार अहिलेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासहित कूल संक्रमितको संख्या २० हजार हजार ९९ जना पुगेका छन् ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म नेपालमा कोरोनाबाट सक्रिय संक्रमित संख्या ५ हजार ३ सय ३८ रहेका छन । जसमध्ये प्रदेश १ मा २२५, प्रदेश २ मा २०६६, बागतिमा ५७५, गण्डकीमा ३१३, प्रदेश ५ मा ३८७, कर्णालीमा २९७ र सुदुरपश्चिम प्रदेशका १६ सय ७५ जना संक्रमित उपचाररत रहेका छन ।