जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार १९:०८

भारतबाट आएकाको नाकामै अनिवार्य पिसिआर गर्न सरकारको निर्देशन


काठमाडौं, साउन १७

सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका सबैको अनिवार्य पिसिआर परीक्षण गर्न निर्देशन दिएको छ । पिसिआरको रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा राख्न निर्देशन दिएको हो ।

विज्ञहरुले भारतबाट आएकाहरुबाट कोरोना सर्ने सम्भावना अत्याधिक रहेको चेतावनी दिईरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाँच गराउन भनेको छ । मन्त्रलायले स्थलमार्गबाट सीमानाकामा आएका व्यक्तिलाई सम्बन्धीत नाका रहेका गाउँ तथा नगरपालिकाले स्वाब सङ्कलन गरेर रिपोर्ट नआउञ्जेल क्वरेण्टीनमै राख्न निर्देशन दिएको छ ।

विदेशबाट आउनेलाई जाँचविनै घर पठाएको गुनासो आएको भन्दै मन्त्रालयका प्रवक्ता डा जागेश्गर गौतमले स्वाब सङ्कलन गरेर र रिपोर्ट आएपछि मात्रै घर पठाउन निर्देशन दिइएको बताउनुभयो । यस्तै सरकारी कर्मचारी र सुरक्षाकर्मीले पनि कोरोनाबाट बच्न सुरक्षा सतर्कता नअपनाएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सिंहदरबारमै काम गर्ने सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले पनि मास्क नलगाएको, लगाए पनि ठिकसँग नलगाएको, सामाजिक दूरि कायम नगरेको लगायतको गुनासो आएकाले अनिवार्य रुपमा ठीक ढंगले मास्क लगाउन र अन्य नियम पालना गर्न निर्देशन दिनुभयो ।