जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार १५:५६

नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार : टिचिङ अस्पतालले राख्यो नयाँ रेकर्ड


काठमाडौं, साउन १८

पहिलो पटक नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्भालेसेन्ट (प्लाज्मा थेरापी) विधिबाट सफल उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ६५ वर्षीय संक्रमितलाई प्लाज्माथेरापी विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ ।

उक्त संक्रमितलाई यसअघि कोरोना संक्रमणबाटै निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिनुभएको हो । विराटनगरका उक्त संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । फोक्सोमा जटिल समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो ।