जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार ०६:५३

भारतमा ११ लाख ८७ हजार २२८ जना कोरोना संक्रमित निको


काठमाडौं,  साउन १९ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या साढे १८ लाख नाघेको छ ।

सोमबार विहानसम्म थप ५२ हजार ७८३ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ४ हजार ७०२ पुगेको छ ।

भारतमा चार दिनमा मात्रै १ लाख ९ हजारभन्दा बढी संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८७ हजार २२८ निको भएका छन् भने ५ लाख ७९ हजार ३१३ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार १६१ पुगेको छ ।