काठमाडौँ, साउन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि छलफल भइरहेको छ।
बालुवाटार स्रोतका अनुसार सोमबार बिहान ९ बजेपछि भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्छ । उहाहरुबीच पार्टीमा देखिएको विवादको निकास दिनेबारे छलफल भईरहेको वालुवाटार स्रोतले जनाएकोछ । हिजो आइतवार चार नेताबीच आइतबार पनि झन्डै तीन घन्टा बालुवाटारमा कुराकानी भएको थियो। आइतबार साँझ प्रचण्डले नेताहरूलाई ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गरेका गर्नुभएको थियो । गत मंगलबार स्थायी समिति बैठक स्थगित भएदेखि दुई अध्यक्षबीच भेटघाट हुन सकेको थिएन। पछिल्प्लो समयमा अध्यक्षद्धयले छलफललाई तिव्रता दिनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्