जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार ११:२९

सिन्धुपाल्चोकको पाँचपोखरीमा पहिरोले दम्पत्तिको मृत्यु


सिन्धुपाल्चोक, साउन १९

पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ ।

आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका हुन् ।