जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १५:३०

काठमाडौं कालोपुलमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु


काठमाडौं, साउन १९

काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।