जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १५:५०

प्रदेश १ मा मुख्य न्यायायाधिवक्ता, ३ स्वास्थ्यकर्मीसहित थप १८ मा कोरोना पुष्टि


मोरङ, साउन १९

प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित विराटनगरका १८ जनालाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । विराटनगर महानगरपालिका–५ का मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यलाई पनि कोरोना संक्रमण भएको छ । उहाँलाई कहाँबाट कोरोना संक्रमण भयो खुलेको छैन ।

आचार्यको परिवार बाहेक अन्य १५ जनालाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमितहरुमा विराटनगर–५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जना रहेका छन् । यस्तै कोशी अस्पतालमा कार्यरत २ जना र विराट मेडिकल कलेजमा कार्यरत एक स्वास्थ्यकर्मीलाई समेत कोरोना पुष्टि भएको छ ।