जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १९:४८

यस्तो रह्यो नीजि निवासमा बाल्कोटमा प्रधानमन्त्री ओलीको डेढ घण्टा (फोटोफिचर)


भक्तपुर । दोस्रो पटक कार्यकारी प्रमुखका रुपमा सिंहदरवारको यात्रा अघि बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट आज तेस्रो पटक पत्नी राधिका शाक्यसहित आफ्नो नीजि निवास बालकोट आउनु भयो । प्रधानमन्त्री ओली निवास आउने सूचना पाउँदा उहाँको निजी निवासमा रहनुभएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा आफ्नो गृहजिल्ला काभ्रेमा हुनुहुन्थ्यो । सूचना पाएलगत्तै उहाँलाई स्वागत गर्न निवास पुग्नुभयो । त्यस्को केही समयमै प्रधानमन्त्री ओली आइपुग्नुभयो । सधै झै हसीमजाक गर्दै निवास प्रवेश गर्नुभएका प्रधानमन्त्री ओलीले बाँस्कोटासँगको सम्वादमा सवैले सुन्ने र बुझ्ने गरी बर्तमान सरकार कसैले ढाल्न नसक्ने र नेकपामा कुनै बिग्रह नहुने सन्देश दिनुभएको छ । नीजि निवासमा उहाँले डेढ घण्टा बिताउँनु भयो ।

यस्तो छ निजी निवासमा प्रधानमन्त्री ओलीको डेढ घण्टाका तस्विरहरु (तस्विर : राजन काफ्ले, प्रधानमन्त्रीको नीजि सचिवालय)