जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार २०:२०

लगानी बोर्डको चार वर्षे सीईओमा सुशील भट्ट नियुक्त


काठमाडौं, साउन १९

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई बोर्डको सीइओमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगको सदस्य समेत रहनु भएका भट्टको कार्यकाल अब चार वर्षको हुनेछ । बोर्डमा यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सीईओ हुनुहुन्थ्यो । अधिकारीको कार्यकाल सकिनुअघि नै गत चैतमा गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो ।

लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा.युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा.सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।