काठमाडौं, साउन २० । प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउन गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लाग्नुभएको छ । लकडाउन खुला गरेसँगै संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री ओलीले आज बिज्ञहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले बिज्ञहरुसँग छलफल गर्नुहुनेछ । यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि प्रधानमन्त्री ओलीले विज्ञहरूरुसँग छलफल गर्नुभएको थियो । ‘प्रधानमन्त्रीले आज बिहान ११ बजे विज्ञहरूसँगको बैठक आयोजना गर्नुभएको छ, वीरगञ्ज, काठमाडौं लगायतका ठाउँहरुमा संक्रमण बढिहरेको छ। अब कसरी अघि बढ्ने भनेर छलफल गर्न लाग्नुभएको हो,’ प्रेस सल्लाहकार थापाले भन्नुभयो ।
छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएको छन ।
प्रतिक्रिया दिनुहोस्