जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार ०८:४३

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ


गोरखा,  साउन २०। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ ।

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिनुभयो अनि हामीले उहाँलाई पक्राउ गर्यौं ।’

घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए ।