जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १०:३६

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती नियुक्त, राई सचिवमा बढुवा


काठमाडौं, साउन २० । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पूर्वस्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती नियुक्त हुनुभएको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा डा उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा.उमाशंकर प्रसादले दिनुभएको राजिनामा स्वीकृत गरेको थियो । स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्षको हुनेछ ।

मन्त्रिपरिषद बैठकले सहसचिव बीरबहादुर राईलाई सचिवमा बढुवा गर्ने निणृय पनि गरेको छ । सूचना बिभागका पूर्व महानिर्देशक राईलाई लोकसेवाको सिफारिशका आधारमा सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।