जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १३:२३

अख्तियारका कर्मचारीमा कोरोना संक्रमण


काठमाडौँ, साउन २०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । अख्तियारमा काम गर्ने १५ जना कर्मचारीमा अहिलेसम्म संक्रमण पुष्टि भईसकेको छ ।

१ सय ८२ जनाको आइतवार स्वाब संकलन गरिएको थियो । जसमध्ये १५ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छन् । अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको थियो ।