जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १५:३१

एकै परिवारका १४ लाई कोरोना देखिएपछि ४ वडा सिल


मोरङ, साउन २०

मोरङको रंगलीमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको छ । रंगली बजारका एक मृतकको अन्त्येष्टि, काजकिरियामा संलग्न परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

७३ वर्षीय वृद्धको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा केहीदिनअघि निधन भएको थियो । मस्तिष्कमा रक्तस्राव भएर मृत्यु भएको भनिएका वृद्धको कोरोना जाँच गराइएको थिएन । यसरी समुदायमै कोरोना संक्रमण देखिएपछि नगरपालिकाका वडा नम्ब।र ४, वडम ५, वडा ६ र वडा ७ सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।