काठमाडौं, साउन २०
काठमाडौंको तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटिएको छ। आज दिउँसो दुई बजे भिएस निकेतन स्कुल अगाडिको खोलामा एक पुरूषको शव भेटिएको हो। महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतका अनुसार पुरुष करिब २५ देखि ३० वर्षका पुरूष हुन्।
‘खोलामा बग्दै आएको शव हो कसको हो भन्ने पहिचान भइसकेको छैन, डिएसपी बस्नेतले भन्नुभयो,‘अहिले खोलाबाट हामीले शवलाई निकाली सकेका छौं।’ प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएको भएपनि हालसम्म पुरुषको पहिचान भने हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्