काठमाडौं, साउन २०
काठमाडौं उपत्यकामा ६२ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ४८, भक्तपुरका १३ र ललितपुरका १ जनासहित देशभर २५९ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै कोरोना संक्रमितको सख्या २१ हजार ९ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्